विश्व कम्युनिस्ट सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २७, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने भ्रमणका लागि शुक्रबार रुस प्रस्थान गरेका छन् ।

रुसको राजधानी मस्कोमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ शीर्षकको विश्व सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका कम्युनिस्ट तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

भ्रमणका क्रममा प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नुका साथै रुसी नेता र अन्य देशका राजनीतिक प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी नोभेम्बर १९ अर्थात् मंसिर ३ गते स्वदेश फर्किने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *