|
कार्तिक २४, २०८३
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। हाल हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने अन्य अधिकांश स्थानमा मौसम सफा रहेको छ।
लुम्बिनी प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि हिमाल र पहाडमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्