एनपीएलमा आज दुई खेल, कर्णाली–पोखरा र चितवन–काठमाडौं आमनेसामने

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २३, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दा दोस्रो खेलमा चितवन राइनोजले काठमाण्डू गोर्खाजको सामना गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । चार खेलबाट दुई जित निकालेको कर्णाली प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा छ भने लगातार चार खेल हारेको पोखरा पहिलो जितको खोजीमा मैदान उत्रनेछ ।

आजै हुने दोस्रो खेलमा चितवन र काठमाडौं जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *