नारायणी नदीकिनारमा दुर्व्यसनीको चहलपहल बढ्दै, स्थानीयलाई घुम्नै डर

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २७, २०८३

नवलपरासी । नवलपरासीको मध्यविन्दु–३ स्थित नारायणी नदीकिनारमा लागुऔषध सेवन गर्नेहरूको गतिविधि बढ्दै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय पर्यटकीय आकर्षण बढिरहेको नदीकिनारमा बाहिरबाट आउने व्यक्तिहरूले गाँजालगायतका लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयको गुनासो छ । नदी किनारको झाडीमा बसेर यस्ता गतिविधि हुने गरेको उनीहरूको भनाइ छ ।

यसका साथै घुम्न आउनेहरूले जथाभावी फोहोर फाल्दा नदीकिनार प्रदूषित बन्दै गएको छ । स्थानीयले बालबालिकासहित घुम्न जाने वातावरण सुरक्षित बनाउन लागुऔषध सेवन नियन्त्रण, नियमित निगरानी र फोहोर व्यवस्थापनमा ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *