|
कार्तिक २६, २०८३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्दा अपराह्न ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।
प्लेअफ सम्भावना कायम राख्न पोखरा, विराटनगर र कर्णालीलाई जित आवश्यक छ। तेस्रो स्थानमा रहेको लुम्बिनी भने तुलनात्मक रूपमा सहज अवस्थामा छ।
आठ टोली सहभागी प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्