झापामा हात्ती आतंकको भयावह तथ्य : १६ वर्षमा ८० जनाले गुमाए ज्यान

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २७, २०८३

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो १६ वर्षमा ८० जनाको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका अनुसार मृत्यु हुनेमा ७० नेपाली र १० विदेशी नागरिक छन् ।

पछिल्लो समय भारतबाट हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि मेचीनगरसहित सीमावर्ती क्षेत्रमा जोखिम बढेको छ । बिहीबार बुद्धशान्ति–२ मा हात्तीको आक्रमणबाट एक मोटरसाइकल चालक घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट मानवीय क्षतिसँगै घरगोठ, बालीनाली र पशुधनमा समेत ठूलो नोक्सानी हुँदै आएको छ । वन कार्यालयका अनुसार यही अवधिमा २८ वटा जङ्गली हात्तीको पनि मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *