गिनीमा अवैध सुन खानी रोक्ने क्रममा झडप, १० जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २७, २०८३

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक गिनीमा अवैध सुन उत्खननमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना विदेशी नागरिक रहेको बताइएको छ ।

उत्तरपूर्वी गिनीको सिगुइरी जिल्लामा बुधबार सुरक्षा बल र खानीमा काम गर्ने मजदुरबीच झडप भएको हो । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।

सरकारले नोभेम्बर २ देखि अवैध सुन खानी सञ्चालनमा प्रतिबन्ध लगाउँदै आएको थियो । उक्त निर्णय कार्यान्वयन गर्न खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको सरकारी पक्षले जनाएको छ ।

घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठूलो संख्यामा विदेशी कामदारलाई त्यहाँबाट हटाइएको छ । कारबाहीका कारण धेरै मानिस छिमेकी मुलुक माली पुगेपछि मानवीय संकटको चिन्ता पनि बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *