सर्लाहीमा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

सर्लाही । बागमती नगरपालिका–४ गोले टोलमा चट्याङ पर्दा १२ वर्षीया दीना मोक्तानको मृत्यु भएको छ।

मंगलबार साँझ परेको चट्याङबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा ११ वर्षीया प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा घाइते भएका छन्। प्रितीमालाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *