प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौँ । प्रभु बैंकले बाढीपहिरो तथा प्राकृतिक विपद्का घाइतेको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले देशका सातै प्रदेशका आठ स्थानमा रक्तदान कार्यक्रम गरेको छ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य सहभागीबाट ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।

बैंकले यसअघि विपद् व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *