बाढीपीडितका लागि कृषि विकास बैंकका कर्मचारीको १ करोड ५३ लाख

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीले आफ्नो तलबबाट १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन्।

मंगलबार बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र अध्यक्ष टंक पाण्डेले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कर्मचारीको मासिक तलबबाट कट्टा गरी रकम जुटाइएको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *