कैलालीमा ट्र्याक्टर दुर्घटना : ६ वर्षीया बालिकाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–५ मा ट्र्याक्टरको ठक्करबाट एक बालिकाको दुःखद मृत्यु भएको छ। बुधबार राति घर नजिकै सडकमा खेलिरहेकी ६ वर्षीया डिनल चौधरीलाई से १ त ८७५८ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिए पनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न ट्र्याक्टर चालक रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *