पर्सामा चट्याङ लाग्दा खेतमै सात महिला घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३२

काठमाडौँ : पर्साको पकहामैनपुर गाउँपालिका–१ मा धान रोप्ने क्रममा चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्। वर्षासँगै परेको चट्याङबाट घाइते भएकामध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई भारतको रक्सौलस्थित अस्पतालमा भर्ना गरिएको छ।

वर्षासँगै परेको चट्याङले पर्साको पकहामैनपुर गाउँपालिका–१ का सात महिलालाई घाइते बनाएको छ। घाइते हुनेमा शान्तिदेवी सहनी, राधिका देवी सहनी, रिता देवी सहनी, कुश्मी देवी सहनी, सन्ध्या देवी, प्रमिला सहनी र संगीता देवी रहेका छन्।

प्रहरीका अनुसार एक महिलाको अवस्था गम्भीर छ भने बाँकी घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *