रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १२

रोल्पा : वर्षासँगै परेको चट्याङले रोल्पामा २ जनाको मृत्यु भएको छ । प्रहरीले मंगलबार बिहान १ बजेतिर चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ का दुई महिलाको ज्यान गएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी-३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो। सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरलाई उद्धृत गर्दै प्रहरीले रातीको समयमा चट्याङ पर्दा एउटै घरभित्र सुतेका नन्द भाउजु नाता पर्ने दुई महिलाको मृत्यु भएको जनाएको हो। घटना हुँदा जैताका श्रीमान लोकेन्द्र भने कामको सिलसिलामा बागलुङ गएका थिए।

घटनाको अनुसन्धान गर्न गामस्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश बिष्ट र इलाका प्रहरी चौकी सुलीचौरका प्रहरी निरीक्षक सन्तोष घिमिरेको टोली घटनास्थल पुगेको थियो।

मृतकको शव सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि ल्याइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *