१५ असार, काठमाडौं । पानीसँगै परेको चट्याङले आज बिहान पर्सामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर र ३ जना सामान्य घाइते भएका छन्। पर्सा स्थित पटेर्वासुगौली गाउँपालिकामा चट्याङ लागेर दुई जनाको र जीराभवानी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जनाए अनुसार पटेर्वासुगौली–४ पथरैयामा भैंसी चराउन गएका सोही वडाको देउरबाना बस्ने ५५ वर्षका रघुबिर यादवको चट्याङ लागेर मृत्यु भएको हो । सोही पालिका वडा नम्बर–१ गदियानी बस्ने वर्ष २७ को चट्याङ लागेर रोसलान गदीको मृत्यु भएको छ साथै राजबली गदी भने गम्भीर घाइते भएको र उनको नारायणी अस्पताल, वीरगंजमा उपचार भइरहेको छ।
त्यस्तै जीराभवानी गाउँपालिका वडा नम्बर–३ जितपुर बस्ने बर्ष ५० कि असतुरनी देवी थरुनीको पनि चट्याङ लागेर मृत्यु भएको छ। जीराभवानी गाउँपालिकाका चट्याङ लागेर तीनजना समान्य घाइते भएका छन्। चट्याङले मृत्यु भएका तीनै जनाको घटना स्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याउने काम भइरहेको प्रहरीले जााएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया