बाढीपीडितका लागि अमेरिकाको थप ३६ लाख डलर सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १४

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा खाद्य आवश्यकताका लागि अमेरिकाले थप आर्थिक सहयोग गर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार बाढी प्रभावित नेपालीका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढी बराबरको मानवीय सहायता परिचालन गरिनेछ।

अमेरिकी सहयोगबाट करिब तीन महिनासम्म १० हजार बाढीपीडितलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराउने योजना छ। विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग केन्द्रित गरिने अमेरिकाले जनाएको छ।

नेपालमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला अमेरिकाले थप सहायता घोषणा गरेको हो। अमेरिकी सरकारले विपद्को समयमा नेपाली नागरिकसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *