काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दसैँको शुभकामना दिँदै विपद्को शोक, रित्तिँदै गएका गाउँघर र विदेशिन बाध्य नेपालीको पीडालाई आफ्नो सन्देशमा समेटेका छन्।
फूलपातीका दिन जारी शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले भूकम्प, कोरोना महामारी, जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण अवस्थाबीच यस वर्षको दसैँ आएको उल्लेख गरेका छन्। रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएको विनाशको पीडा अझै ताजा रहेको उनको भनाइ छ।
उनले पारिवारिक भेटघाट र खुसीयालीको पर्व दसैँमा गाउँघरका घरआँगन सुनसान हुँदै गएको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन्।
रोजगारी र अन्य बाध्यताका कारण विदेशिनुपर्ने तथा चाडपर्वमा समेत परिवारसँग भेट्न नपाउने लाखौँ नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
देशको समृद्धि र नागरिकको जीवनस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुखद भविष्य निर्माणका लागि सबैको हातेमालो आवश्यक रहेको सन्देश दिएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्