रसुवा बाढीपीडितका लागि कामना सेवा बैंकको २५ लाख सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १० लाख रुपैयाँ र कर्मचारीको एक दिनको तलबबाट १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

बैंकका अनुसार उक्त सहयोगले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा राहत र उद्धार अभियानमा सहयोग पुग्नेछ।

बैंकले विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावितको सुरक्षित जीवनयापनको कामना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *