रसुवा–नुवाकोटका बाढीपीडितलाई पोखरा महानगरको ४५ लाख सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

पोखरा : भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार तथा राहतका लागि पोखरा महानगरपालिकाले ४५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

महानगरका जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन्।

महानगरपालिकाले आर्थिक सहयोगसँगै अत्याधुनिक एम्बुलेन्स, राहत सामग्री, स्वास्थ्यकर्मी र नगर प्रहरी सम्मिलित सहायता टोली पनि प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।विपद्को समयमा राहत तथा उद्धारलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली आवश्यक रहेको महानगरको भनाइ छ। प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन सम्बन्धित निकायसँग समन्वय र सहजीकरण भइरहेको नगर प्रमुख आचार्यले बताएका छन्।

बुधबार आएको बाढीले भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि विभिन्न स्थानीय तहले उद्धार तथा राहतका लागि सहयोग घोषणा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *