ट्रम्पको प्रतिबद्धता : नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।

बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपालमा बाढीबाट भएको क्षतिबारे जानकारी पाएको बताएका हुन्।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार ट्रम्पले नेपालका अधिकारीहरूसँग बाढीको अवस्थाबारे जानकारी लिएपछि आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तत्पर रहेको बताएका छन्।

“नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” ट्रम्पलाई उद्धृत गर्दै एनबीसी न्यूजले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *