‘उपहार होइन, जनताको विश्वास ठूलो’ : रास्वपा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक १

काठमाडौँ । चाडपर्वमा शुभकामना साट्दा उपहार, नगद र सुविधा नदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आग्रह गरेको छ। पार्टीले दशैँ, तिहार, नेपाल संवत् र छठलाई निःस्वार्थ प्रेम र सद्भावका साथ मनाउन अपिल गरेको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै चाडपर्वका नाममा कुनै पनि प्रकारका उपहार वा सुविधा लिने–दिने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्।

राजनीतिमा नागरिकको विश्वास र सद्भाव नै सबैभन्दा ठूलो उपहार भएको उल्लेख गर्दै पार्टीले मर्यादित र सुसंस्कृत राजनीतिक अभ्यासका लागि सबैको सहयोगसमेत मागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *