बाढीपहिरोले तीन जिल्लाका सडक प्रभावित, केही खण्डमा यातायात ठप्प

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक १

काठमाडौँ । बाढीपहिरोका कारण गोरखा र अर्घाखाँचीका सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने म्याग्दीको बेनी–जोमसोम सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ मा पहिरो खसेपछि गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ। आज राति २ बजेदेखि सडक बन्द हुँदा उक्त खण्डमा यातायात प्रभावित बनेको छ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा नयाँपुलस्थित सोतीको फलामे पुल र आरुघाटबाट धादिङ जोड्ने सडकखण्ड बाढीका कारण अवरुद्ध छन्। असोज २५ गतेदेखि आएको बाढीले उक्त क्षेत्रमा आवागमन रोकिएको प्रहरीले जनाएको छ।

यता, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा भने पहिरो प्रभावित क्षेत्रबाट एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ। असोज १० गतेदेखि प्रभावित उक्त सडकमा यातायात सहज बनाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *