|
२०८३ भाद्र १३
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ७७ हजार रुपैयाँ सहयोग गरेकी छन्।
कार्कीले आफ्नो एक महिनाको पेन्सनबराबरको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा राखेकी हुन्।
बाढीपछि प्रभावितको उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा कार्कीले जोड दिएकी छन्। उनले विपद्का बेला सहयोगमा खटिएका व्यक्ति तथा निकायको योगदानको प्रशंसा गर्दै आफ्नो क्षमताअनुसार प्रभावितलाई सहयोग गर्न सबैलाई आग्रह गरेकी छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्