काठमाडौं । बाढीपहिरो र नदी कटानको जोखिम बढेपछि म्याग्दीको सदरमुकाम बेनी बजारलाई अन्यत्र स्थानान्तरण गर्ने विषयले चर्चा पाएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले जोखिमपूर्ण क्षेत्रको संरक्षणसँगै सुरक्षित स्थानमा सदरमुकाम सार्ने विकल्पबारे छलफल गर्न प्रस्ताव गरेका हुन्।
शुक्रबार म्याग्दीमा जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरूसँगको छलफलमा मन्त्री पुनले बेनीलाई जोगाउने वा स्थानान्तरण गर्ने भन्ने विषयमा निर्णय लिनुपर्ने बताए।
गत असोजमा कालीगण्डकीमा आएको बाढीले बेनी नगरपालिका–८ को गणेश टोलमा तटबन्ध भत्काएको थियो। त्यसपछि आसपासको जमिन चर्किनुका साथै पहिरोको जोखिम बढेको छ। नगरप्रमुख सुरत केसीले बस्ती र संरचना संरक्षणका लागि संघ तथा प्रदेश सरकारसँग बजेट माग गरेका छन्।
मन्त्री पुनले विपद् प्रभावित स्थानीय तहलाई जोखिमअनुसार २०, ३० र ४० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्