|
२०८३ भाद्र १३
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्न चीनले राहतदेखि उद्धारसम्मको सहायता बढाएको छ। चीनबाट आज दुई वटा सैन्य कार्गो विमान राहत सामग्री लिएर नेपाल आउने भएका छन्।
परराष्ट्र मन्त्रालयसँगको समन्वयमा ती विमान नेपाल आउन लागेको जनाइएको छ। बाढीपछि क्षतिग्रस्त जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि चीनले दुई वटा विशेषज्ञ टोलीसमेत पठाउने तयारी गरेको छ।
भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा कार्यरत करिब ९ सय जना सम्पर्कविहीन रहेकाले उनीहरू सुरुङभित्र फसेको हुनसक्ने अनुमान गरिएको छ।
यसैबीच चीनले बाढी प्रभावितका लागि २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने जानकारी नेपाल सरकारलाई गराएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्