थापाथलीस्थित राममन्दिर परिसरमा बनेका अनधिकृत संरचनामा महानगरको डोजर चल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १४

काठमाण्डौँ । काठमाण्डौ महानगरपालिकाले थापाथलीको कालमोचनमा रहेको राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ ।

गुठी संस्थानको जग्गा हडपेर बनाइएका टहराहरूमा महानगरले आज डोजर चलाएको हो ।

महानगरका अनुसार यी टहराहरूले मन्दिर परिसरको सुन्दरतालाई असर पुर्‍याइरहेको थियो । गुठी संस्थानको जग्गा हडपेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको महानगरले जनाएको छ ।

यसअघि अस्थायी घर तथा संरचनाहरू हटाउन ३५ दिनको सूचना दिइएकोमा अटेर गरेपछि महानगरले डोजर चलाएको हो । काठमाण्डौ महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

मेयर बालेन्द्र शाहको नेतृत्वमा शुरू भएको अभियानले बानेश्वर कम्प्लेक्स, काठमाण्डौ मल र आरबी कम्प्लेक्समा बनेका अनधिकृत संरचना भत्काएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *