|
२०८२ कार्तिक १४
काठमाण्डौँ । काठमाण्डौं महानगरपालिका र काठमाण्डौं उपत्यका विकास प्राधिकरण केभीडीले काठमाडौं क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्डविपरीत बनेका संरचना हटाउन सात दिनको समयसीमा तोकेका छन् ।
दुई संस्थाको २ असोजमा बसेको संयुक्त बैठकले सार्वजनिक सम्पत्ति र जग्गा संरक्षणका लागि तत्काल कदम चाल्ने निर्णय गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको हो ।
सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नपाइने र सो ऐनको दफा ९७ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएकाले, ऐनविपरीत बनेका संरचना सात दिनभित्र स्वतः हटाउन आग्रह गरिएको छ ।
तोकिएको समयभित्र अतिक्रमण वा मापदण्डविपरीतका संरचना नहटाए कानूनी कारबाही गरी बलपूर्वक खाली गराउने महानगरले चेतावनी दिएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्