शिक्षामन्त्री पुनले विश्वविद्यालयदेखि सीटीईभीटीसम्म सुधारका महत्वपूर्ण निर्णय गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ४

काठमाडौं ।  शिक्षामन्त्री महावीर पुनले नियुक्ति भएको एक महिनाभित्रै विभिन्न सुधार र निर्णयहरू गरेका छन्।

सीटीईभीटी परीक्षाको पुन: परीक्षा लिने, सम्बन्धन समस्या समाधान गर्न कार्यदल गठन, र विश्वविद्यालयलाई राजनीतिकरणबाट मुक्त गर्न पहल गरिएको छ।

विद्यालय क्षेत्रमा शिक्षक सरुवा नियम सुधार, प्रधानाध्यापक चयनमा कार्यविधि निर्माण, तथा कम्प्युटर विषयलाई माध्यमिक तहसम्म अनिवार्य गराउने निर्णय भएका छन्।

विश्वविद्यालयमा परीक्षाफल प्रकाशन ढिलाइ रोक्न अनुदान रोक्ने व्यवस्था, जग्गा अतिक्रमण छानबिन र हटाउने काम अघि बढाइएको छ।

साथै, शिक्षा मन्त्रालयलाई विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय बनाउने योजना समेत सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *