शिक्षामन्त्री महावीर पुनले पदभार ग्रहण गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।

केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।

उनीसहित आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका हुन् ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *