महावीर पुनले बेचे डेढ लाख पुस्तक, ९ करोड भन्दा धेरै आम्दानी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १८

काठमाडौँ : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले सन् २०२४ मा एक लाख ५० हजार किताब बेचेका छन्। वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न पुनले आफैँद्वारा लिखित आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेचेका हुन्। देशका विभिन्न जिल्लामा पुगेर डेढ लाख किताब बेच्दा नौ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको पुनले जानकारी दिएका छन्।

‘लौ है दाजुभाइ, दिदीबहिनीहरु, सन् २०२४ को अन्त्यसम्म बेचेको किताबको संख्या एक लाख ५० हजार नाघ्यो,’ बिहीबार बिहान सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘सन् २०२५ मा कम्तिमा पनि त्यति नै किताब बेच्न सहयोग गर्नुहोस्। २८३ दिनमा १५ हजार एकसय ६८ किलोमिटर यात्रा गरेर ३८ जिल्लामा किताब बेचियो। वीरगन्ज कृषि औजार कारखाना गुटुङटुङ चलेको छ। हेर्न जानुहोला।’

पुनले कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेका छन्। ३०८ पेज रहेको ‘महावीर पुन’ पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *