नवनियुक्त शिक्षामन्त्री महाविर पुनले केशरमहलमा सम्हाल्ने पदभार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

काठमाडौं । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका वैज्ञानिक महाविर पुनले आज लैनचौरस्थित केशरमहलमा पदभार ग्रहण गर्ने भएका छन्।

शिक्षा मन्त्रालयको सिंहदरबारस्थित भवन जेनजी युवा आन्दोलनका क्रममा आगजनीमा परेपछि, वैकल्पिकरूपमा केशरमहलमा मन्त्री कार्यकक्ष तयार गरिएको हो। मन्त्रालयका एक अधिकारीका अनुसार, सबै तयारी पूरा भइसकेको छ।

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह आज दिउँसो २ बजे शीतल निवासमा आयोजना हुँदैछ। शपथपछि पुनले औपचारिक रूपमा कार्यभार सम्हाल्ने छन्।

महाविर पुनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई नदिन र खादामाला नल्याउन आग्रह गरेका छन्। साथै उनले आफूलाई “मन्त्री” नभनी बोलाउन पनि अनुरोध गरेका छन्। उनका अनुसार, उनी समस्याको समाधान गर्न आएका हुन्, सत्ता उपभोग गर्न होइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *