|
२०८२ आश्विन ११
काठमाडौं — शिक्षामन्त्री महावीर पुनले दशैं–तिहारको अवसरमा पनि शिक्षकहरूको तलब समयमै नदिएको भन्दै तलब रोक्ने प्रधानाध्यापकहरूलाई भोलिसम्म तलब निकासा नगरे कारबाही गरिने चेतावनी दिएका छन्।
मन्त्रालयबाट तलब पहिले नै सम्बन्धित विद्यालयहरूमा पठाइएको भएपनि कतिपय विद्यालयले तलब रोकिरहेको पाइएपछि मन्त्री पुनले यस्तो कदम चाल्न लागिएको बताएका छन्।
उनले भने, “तलब नपाएका शिक्षकहरूको तलब भोलिसम्म पनि नदिइएमा प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यहरूलाई नियमानुसार कारबाही गरिनेछ।”
शिक्षकहरूलाई चाडपर्वमा तलब नदिएर मानसिक तनावमा पार्नु दुखद भएको पनि मन्त्री पुनले जनाएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्