गोंगबुमा ४ करोड नगद भेटिएको घरमा करिब ३ केजी सुनका गहना फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १७

काठमाडौँ । गोंगबु टाउन प्लानिङ स्थित ४ करोड नगद भेटिएको घरमा करिब ३ केजी सुनका गहना फेला परेको छ ।


काठमाडौँ महानगरपालिका–२६ स्थित विनोद श्रेष्ठको घरबाट करिब ३ केजी गहना पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । बोहराले भने, ‘अहिलेसम्म ३ केजी पुगेको छ, तौलिने काम हुँदै छ ।’

प्रहरीले अवैध रकम र सुन राखेको आरोपमा गोरखा नगरपालिका वडा नम्बर–१ घर भएका ७६ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *