|
२०७८ चैत्र २४

२४ चैत, काठमाडौं – काठमाडौंको गोकर्णमा महिलाको शव फेला परेको छ।
गोकर्ण नगरपालिका-६ स्थित जगडोल पार्क नजिकैको जंगलमा महिलाको शव फेला परेको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार शव बिहीबार बेलुका करिब छ बजेतिर फेला परेको हो।
‘महिलाको पहिचान भने खुल्न बाँकी छ’ उनले भने ‘अनुसन्धान टोली घटना छानबिन गर्न घटनास्थल गएको छ।’
थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्