|
२०७७ माघ २४
पाल्पा – तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव आज फेला परेको छ । गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव आज जंगलमा भेटिएको छ ।
माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो । चिदी पुस ४ गतेदेखि हराएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्