|
२०७७ माघ २५
कैलाली– कैलालीको गौरीगंगा नगरपालिकाका एक जना जनप्रतिनिधि प्रेमीको घरमा प्रेमिका मृत फेला परेकी छन्।
गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्।
कोठामा चुकुल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जितालाई परिवारले त्यहाँ पुराएको थियो।
निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि अञ्जितालाई छोडेर उनको परिवार फर्किएको थियो। निरज अर्की महिलासँग भागेपछि अञ्जिताले परिवारलाई जानकारी गराएकी थिइन्। बिहान उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्