×

भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा आमाछोरीको निधन

अशोज ६, २०७८ | दाक्सु मिडिया सम्वाददाता

बुटवल । रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीका अनुसार सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो ।

रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: