मलामीबाट फर्केका वृद्धको भीरबाट लडेर मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ८

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको मलामीबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

मलामी गई फर्कने क्रममा फिदिम नगरपालिका–१४ बाँसबोटेमा सोमबार बेलुका भीरबाट लडेर फिदिम–८ घलेगाउँका ६५ वर्षीय पदमबहादुर राईको मृत्यु भएको हो । 

राई घर आइनपुगेपछि खोजी गर्ने क्रममा उनका छोराले गोरेटो बाटोबाट करिब एक सय मिटर तल झरेर मृत्यु भएको अवस्थामा राईलाई फेला पारेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *