
गोरखा : गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ गैरागाउँ बस्ने ७० वर्षीय खुन्ते सार्की भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिए ।
उनका अनुसार बिहीबार दिउँसो २ बजे घरबाट निस्केका सार्कीले हलो बनाउनका लागि रुख काट्न गएका थिए । अबेरसम्म पनि घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान ७ बजे सार्की मृत अवस्थामा फेला परेका हुन् । उनले काटेको रुखको हाँगा बिजुलीको नाङ्गो तारमा छुदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुबेदीले जानकारी दिए।
अहिले जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनास्थल गई घटनाबारे थप अनुन्धान गरिराखेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया