×

मंगलबार थपिए १६७७ संक्रमित, २१ जनाको मृत्यु

भदौ २२, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जनामा र ३ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८७९ पुगेको छ।

मंगलबार २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थप ५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जनामा संक्रमण पुष्टि भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: