थपिए २,३२८ जना संक्रमित , १९ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १९

१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै १९ संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पाँच हजार ८३७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ५२७ र चार हजार २९६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ रहेको र कुल मृत्यु हुनेको संख्या नौ हजार १९८ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *