×

सोमबार थपिए १८९७ कोरोना संक्रमित, २० जनाको मृत्यु

भदौ २१, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८५८ पुगेको छ।

आइतबार १ हजार ७४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: