|
२०७८ भाद्र १४
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जनामा र ४ हजार ३४१ एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७३० पुगेको छ।
सोमबार १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा थप ९०६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना कोरोना संक्रमित थपिएका हुन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्