×

थपिए २,४७४ जना कोरोना संक्रमित, २४ जनाको मृत्यु

असार १०, २०७८ | दाक्सु मिडिया

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै २४ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।

७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् भने ८ हजार ९१८ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमित ४९ हजार ५५५ जना रहेका छन् । उनीहरुमध्ये होम आइसोलेसनमा ४६ हजार ५०२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ५३ जना छन् । मन्त्रालयका अनुसार हाल ७३६ जना आईसीयू र २०७ जना भेन्टिरमा उपचाररत् छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: