
काठमाडौं । रुकुम पश्चिम, त्रिवेणी गाउँपालिका-९ झारपोखरीस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर चौरजहारी नगरपालिका-१४ बस्ने भरत पुनको छोरा १२ वर्षीय मुस्कान पुनको शनिबार दिउँसो मृत्यु भएको छ ।
मुस्कान र सोही ठाउँ बस्ने खडक पुनको छोरा १३ वर्षीय हिरालाल पुन डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुवाकोट काक्रेबाट खटिएको प्रहरीले मुस्कानको शव फेला पारेको हो । साथै हिरालालको घाइते अवस्थामा उद्दार गरी उपचारका लागि स्थानीय मेडिकल पठाएकोमा सामान्य उपचार पश्चात डिश्चार्ज भएका छन् ।
बाँके, कोहलपुर नगरपालिका-४ बेलनपुर सिक्टा नहरमा नुहाउने क्रममा डुबेर सोहि नगरपालिका-४ मैटहवास्थित अंकल नाता पर्ने दिनेश कुमार जोशीको घरमा बस्ने डडेल्धुरा आलिताल गाउँपालिका-३ घर भएका १४ वर्षीय कर्ण बहादुर मडैको शनिबार दिउँसो मृत्यु भएको छ ।
ईलाम, चुलाचुली गाउँपालिका-१ बस्ने ८४ वर्षीया बुद्दरानी लिम्बुको आफ्नै घर छेउको माछा पोखरीमा डुबेर शनिबार राति मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया