२८ जेठ, काठमाडौं । धनुषा पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाहरूले ज्यान गुमाएका छन्।
धनुषास्थित मुखियापट्टि मुसहरनिया – ६ लक्ष्मीपुरका पाँच बालिकाहरुको पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दिउँसो १२:०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया