तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ ५

तनहुँ : तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो।

छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए। अन्य चार जना सकुशल रहेका छन्। मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शव गृहमा राखिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *