पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १६

काठमाडौं : पोखरीमा डुबेर चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु भएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर रोल्पा स्थायी घर भएका श्रवण वली गम्भीर घाइते भएका थिए ।

रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवणको उपचारको क्रममा बुधबार कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *