बागमती नदीमा पौडी खेल्ने क्रममा १० वर्षीय बालकको डुबेर मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २

राैतहट : बागमती नदीमा डुबेर रौतहटमा एक बालकको मृत्यु भएको छ। बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १० वर्षीय बालकको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले फेला पारेको हो।

मृत्यु हुनेमा रौतहटको गढीमाई नगरपालिका–३, लक्ष्मीपुर निवासी हस्बुद्दिन कवाडीका १० वर्षीय छोरा सफर कवारी रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सोमबार साथीसँगै बागमती नदीमा नुहाउन जाँदा बालक नदीमा बेपत्ता भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *