किरात राई यायोक्खाले ‘किरात सिर्जना लिपि’ बनाउने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १९

काठमाडौं ।  किरात राई यायोक्खाले ‘किरात सिर्जना लिपि’ बनाउने भएको छ। किरात राई चाम्लिङ खाम्बातिमले शनिबार आयोजना गरेको लिपि बहस तथा प्रशिक्षण कार्यक्रममा भाषाशास्त्री डा.तारामणि राईले लिपि प्रकाशनका लागि तयारी भइरहेकाे जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका राईले सबै किरात भाषीलाई समेट्ने गरी लिपि बनाउन अभ्यास गरिरहेको बताए। उनले भने,‘लिपि बनाउनका लागि अहिले विभिन्न भाषिक संस्थाका प्रतिनिधिसँग छलफल,बहस गरिरहेका छौँ,यसको लागि यायोक्खाले गोष्ठी पनि गरिसकेको छ,लिपि पहिचानसँग जोडिएकोले यसको आवश्यक छ।’ 

डा.राईले कार्यक्रममा लिपिका लागि तयार पारिएको ब्याञ्जन वर्ण प्रस्तुत गरेका थिए। विभिन्न सरोकारवालाको राय सुझावको आधारमा ती वर्ण परिमार्जन गर्दै जाने उनले बताए।

वरिष्ठ पत्रकार एवं किरात वाम्बु, राई भाषाका प्रशिक्षक गणेश वाम्बु र राईले वाम्बुले भाषाको लिपिबारे प्रकाश पारेका थिए। उनले भाषा संस्कृतिलाई बचाउन लिपिको आवश्यक रहेको बताए। लिपि बनेपछि युवा पुस्तालाई भाषा सिक्नमा धेरै सहज पुग्ने उनको भनाई छ। उनका अनुसार किरात समुदायभित्र २६ भाषी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *