किरात खालिङ विद्यार्थी संघले व्यक्तित्व विकास तथा शैक्षिक अभिमुखिकरण कार्यक्रम गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १०

मिलन,काठमाडौ

किरात खालिङ् विद्यार्थी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा व्यक्तित्व विकास तथा शैक्षिक अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।

किरात खालिङ राई केन्द्रिय अध्यक्ष सीता कुमारी खालिङ्को प्रमुख अतिथ्यतामा चैत १२ गते विहान ९ बजे सनिवार नवदुर्ग पार्टी प्यालेस काठमाडौको सुकेधारामा हुने भएको हो । कार्यक्रममा निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारीहरु,शिक्षाविद,भाषा र संस्कृती विदहरुको उपस्थिति रहने संस्थाका सचीव शर्मिला खालिङ्ले जानकारी दिइन् ।

कार्यक्रममा कोपिला थिलुङ (उपसचिव नेपाल सरकार) , अविलाल राई (अधिकृत नेपाल सरकार) , डा रेनुका (सोलु) शिक्षाविद तथा सामाजिक अभियान्त) , विना राई भाषा तथा संस्कृतिविद) , प्रकाश खालिङ (पत्रकार ) लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रशिक्षण दिनेछन । विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको संस्थाका सचीव खालिङले बताउनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *